काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकबारे जानकारी दिदै बैठक मंसिर ८ गते दिउँसो १ बजे ललितपुरको सानेपास्थित बी.पी. स्मृति भवनमा बस्ने तय भएको उल्लेख गरेका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।









