• २०८३ मङ्सिर ५ शनिबार

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ ।

आज बसेको बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री शाह आइतबार १: ४५ बजे भारत भ्रमणमा जाँदैछन । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ । नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै