• २०८३ मङ्सिर ६ आइतबार

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी निवासी २५ वर्षीय रमेश चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल कीर्तिपुर बस्ने ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए ।

प्रहरीले दुवैलाई उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित सशस्त्र प्रहरी बल अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे चालक चौधरीलाई मृत घोषणा गरेका थिए । पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै