• २०८३ मङ्सिर ६ आइतबार

न्युजिल्यान्डविरुद्धको टेस्टमा भारत बलियो अवस्थामा: राहुलको शतक, गिल ९८ मा आउट

न्युजिल्यान्डविरुद्धको टेस्टमा भारत बलियो अवस्थामा: राहुलको शतक, गिल ९८ मा आउट

काठमाडौँ । भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिँदा भारतले पहिलो इनिङ्समा चार विकेट गुमाएर ४८६ रन बनाएको छ । न्युजिल्यान्डले पहिलो इनिङ्समा बनाएको ३६८ रनभन्दा भारत ११८ रनले अघि भएको छ ।

भारतका लागि केएल राहुलले १३औँ टेस्ट शतक बनाउँदै १३६ रन जोडे । कप्तान शुभमन गिल ९८ रनमा आउट हुँदा शतक बनाउन दुई रनले चुके भने देवदत्त पडिक्कलले ८० र ऋषभ पन्तले अविजित ५५ रन बनाएर क्रिजमै रहेका छन् ।

राहुलले न्युजिल्यान्डविरुद्धको शतकसँगै दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अस्ट्रेलियामा टेस्ट शतक बनाउने पहिलो भारतीय ओपनर ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् । उनी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रोओपनर  ब्याट्सम्यान बनेका छन् ।

खेल सकिँदा पन्तसँगै अंशुल कम्बोज क्रिजमा छन् । चौथो दिन भारतको लक्ष्य अग्रता थप बलियो बनाउने हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै