काठमाडौँ । अस्ट्रेलियाले टी–२० सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गरेको छ ।
मेलबर्नमा शनिबार भएको खेलमा इङ्ल्यान्डले दिएको १८८ रनको लक्ष्य अस्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । कप्तान ह्यारी ब्रुकले २८ बलमा ६५ रन बनाए भने टम बान्टनले २२ बलमा ३९ रन जोडेका थिए ।
अस्ट्रेलियाको जितमा निखिल चौधरीले ३८ बलमा ६६ रनको महत्वपूर्ण योगदान दिए । कप्तान मिचेल मार्सले ३७ रन बनाउँदा ज्याक एडवर्ड्सले अविजित २५ रन जोड्दै टोलीलाई जित दिलाए ।
बलिङतर्फ अस्ट्रेलियाका निखिल चौधरीले २१ रन दिएर २ विकेट तथा ज्याक एडवर्ड्सले २७ रन दिएर २ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका निखिल खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यो जितसँगै पाँच खेलको टी–२० सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।









