• २०८३ मङ्सिर ६ आइतबार

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा गएका हुन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

दिल्ली पुगेपछि उनको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमा आजै हुने तालिका छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै