• २०८३ मङ्सिर ७ सोमबार

भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट बराबरी

भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट बराबरी

काठमाडौँ । भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । पाँचौँ तथा अन्तिम दिन न्युजिल्यान्डले उत्कृष्ट प्रतिरक्षा गरेपछि भारत जितबाट वञ्चित भएको हो ।

भारतले पहिलो इनिङ्समा ९ विकेट गुमाएर ७२० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका लागि केएल राहुलले १३६ र ऋषभ पन्तले १०५ रन बनाएका थिए ।

जवाफमा न्युजिल्यान्डले पहिलो इनिङ्समा ३६८ रन बनाएको थियो । उसका लागि हेनरी निकोल्सले अविजित १७५ र ग्लेन फिलिप्सले ११८ रनको योगदान दिएका थिए ।

भारतले दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई दबाबमा राख्दै जितका लागि आठ विकेट लिनुपर्ने अवस्थामा पुर्‍याएको थियो । तर अन्तिम दिन घरेलु टोलीले धैर्यपूर्ण ब्याटिङ गर्दै खेल बचायो ।

दोस्रो इनिङ्समा न्युजिल्यान्डले ५ विकेट गुमाएर २३९ रन बनाउँदा दुवै टोलीका कप्तानले खेल बराबरीमा टुङ्ग्याउने सहमति गरेका थिए । ड्यारिल मिचेल ४९ रनमा अविजित रहे भने ग्लेन फिलिप्सले २६ रन बनाए ।

यससँगै दुई टोलीबीचको दुई खेलको टेस्ट शृङ्खलामा पहिलो खेल बराबरीमा सकिएको छ । अब दोस्रो टेस्ट नोभेम्बर २७ देखि शुरु हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै