• २०८३ मङ्सिर ७ सोमबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १५३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १० को मृत्यु, १५३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।    

त्यस्तै देशभर भएका दुर्घटनामा १५३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा ४३ जना, काठमाडौँ उपत्यकामा १३ जना, सुदूरपश्चिममा १४ जना, बागमती प्रदेशमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा २४ जना, कर्णालीमा १३ जना र गण्डकी प्रदेशमा १० जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै