काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज घटेको छ ।
आज सुनको मूल्य तोलाको ६५ सयले घटेर तोलाको दुई लाख ४१ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३०४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३१४५ रुपैयाँमा कारोबार भएको थियो ।









