• २०८३ मङ्सिर ९ बुधबार

राष्ट्रिय खेलकुद: पुरुष फुटवलतर्फ त्रिभुवन आर्मीको विजयी शुरुवात

राष्ट्रिय खेलकुद: पुरुष फुटवलतर्फ त्रिभुवन आर्मीको विजयी शुरुवात

काठमाडौं । जारी १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलतर्फ आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले बिजयी सुरुवात गरेको हो । 

खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३ औं मिनेटमा भरत खवासले पहिलो गोल गरेका थिए भने दोस्रो गोल लाकेन लिम्बुले ५२औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ६४औं मिनेटमा लुम्बिनी प्रदेशका विकास राईले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि आर्मीले ३-० को जित निकालेको थियो ।

आज दोस्रो खेल २:३० बजे कोशी प्रदेश र बाग्मती प्रदेशबीच हुनेछ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै