• २०८३ मङ्सिर ९ बुधबार

राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा आर्मी, पुलिस, सुदूरपश्चिम र बागमती विजयी

राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा आर्मी, पुलिस, सुदूरपश्चिम र बागमती विजयी

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार भएका खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न फुल कोर्ट (५×५) विधाका दुई खेलमा दुवै टोलीले जित निकालेका हुन् ।

पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को फराकिलो अन्तरले पराजित गरेको छ । पुलिसले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै २३ अंकको अन्तरमा जित निकालेको हो ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गरेको छ । सुदूरपश्चिमले खेलमा सुरुदेखि नै दबाब कायम राख्दै सहज जित हासिल गरेको हो । 

महिला बास्केटबलतर्फ थ्री अन थ्री (३×३) विधाका खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई १३-८ ले पराजित गरेको छ भने अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८-३ ले पराजित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै