• २०८१ बैशाख २० बिहीबार

बौद्धमा रोपाईँ जात्रा सम्पन्न (फोटो फिचर)

kharibot

काठमाडौँ। काठमाडौँको बौद्धमा रोपाई जात्रा धुमधामका साथ सम्पन्न गरीएको छ । हरेक वर्ष गाईजात्राको भोलीपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफुहरुले निरन्तरता दिदै आएको स्थानीय विरबहादुर वाईवाले खरीबोटलाई जानकारी दिए । 

मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रामा धान रोप्नेदेखी लिएर रमाईलो गर्ने सम्मका कार्य गरिन्छ । कृषि प्रधान देशमा धान रोपी सकेपछि बाटोमा धान रोपी, हिलो छेपेर रमाईलो गर्ने वाईवाको भनाई छ । 

झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुग्ने बताइएको छ । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् । प्रत्येक वर्षको गाईजात्राको भोलिपल्ट मनाइने यस पर्वमा हाल नौ विधामा कलाकारलाई पुरस्कार दिइन्छ ।

किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने, राजा, रानीको रुपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यसबेला राजा देखि प्रजासम्मले रोपाइँ जात्रामा सहभागी भई कृषकसँग खुसीका हातेमालो गर्दथे । विशेषतः तामाङ, तामाङ,  सेर्पा, गुरुङ, नेवार र अन्य जातिहरु समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले यो तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्त्वको जात्रा बनेको छ ।

यसले साँस्कृतिक एवम् जातीय एकतालाई मजबुत बनाउँदै लगेको पाइन्छ । धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना हो बौद्धको रापाइँ जात्रा । यसलाई संरक्षणमा अझ जोड दिन सके विश्व संम्पदा सूचीमा रहेको यस क्षेत्रको  पर्यटन प्रवर्धन हुने समाजशास्त्री तथा संस्कृतिविद् हरिशरण ढुङ्गानाको भनाई छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै