काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेटवार्ता गरेका छन् ।
शुक्रबार, शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहले भेटवार्ता गरेका हुन् ।
भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेका प्रधानमन्त्री शाहले आज राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण बारे ब्रिफिङ गरेको बताइएको छ ।
यसअघि आजै रास्वपा सभापति रवि लामिछाने राष्ट्रपति पौडेलसँग समसामयिक विषयमा छलफल गरेका थिए ।









