Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

देउवा समूहको महाधिवेशनका लागि पाँच समिति गठन

देउवा समूहको महाधिवेशनका लागि पाँच समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गर्न लागेको १५औँ केन्द्रीय महाधिवेशनका लागि पाँचवटा समिति गठन गरिएको छ ।

महाधिवेशन मूल तयारी समितिको बैठकको निर्णयअनुसार संयोजक प्रा. डा. शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन् । 

जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत चयन भएका छन् ।

त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।

देउवा समूहले मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै