• २०८१ बैशाख १५ शनिबार

एशियन कप क्वालिफायरको पहिलो खेलमा नेपाल ओमानसँग पराजित 

kharibot

काठमाडौँ।  एशिया कप क्वालिफायरको पहिलो खेलमा नेपालल ओमानसँग ७ विकेटले पराजित भएको छ।  नेपालले दिएको २२२ रन पछ्याएको ओमानले ४८ ओभरमा ३ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेपछि नेपाललाई ७ विकेटले पराजित गरेको हो । 

ओमानका लागि खवर अलीले सर्वाधिक ८४ रन बनाएका थिए भने जेशान मक्सूदले ४५, वैभव वाटेगनरले ४१, जतिन्दर सिंहले ३० रन बनाएका थिए।  नेपालका लागि पारस खड्काले एक विकेट लिए भने बाँकी दुई विकेट रन आउट गरेको थियो।

आजको खेलमा नेपालको बलिङ निराशाजनक रहेको थियो।  नेपालका सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित २७ रन दिए भने उनले आजको खेलमा कुनै विकेट लिन सकेनन्। त्यस्तै सोमपाल कामीले केबल ५ ओभर बलिङ गरेर बिना कुनै विकेट लिई २७ रन दिएका थिए।  त्यस्तै कप्तान पारस खड्काले ७ ओभरमा एक मेडनसहित २४ रन दिएर एक विकेट लिएका थिए। त्यस्तै करण केसीले ६ ओभर बलिङ गर्दै २९ रन दिएका थिए।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो । 

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए भने त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ र आरिफ शेखले ३६ रन बनाएका छन्।  करण केसीले २६, दिपेन्द्र सिंह ऐरीले ९, कप्तान पारस  खड्काले ८, सोमपाल कामीले ७ र सुबास खकुरेलले ४ रन बनाएका छन्। करण केसीले १० बलमा २ छक्का र एक चौका हान्दै २६ रन बनाएका थिए। 

नेपालका सुबास खकुरेल, सागर पुन र बसन्त रेग्मी रन आउट भएका थिए। त्यस्तै ओमानका बलर मोहमद नदीम, अजय लालचेटा र बिलाल खानले २-२ विकेट लिएका थिए  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै