• २०८१ बैशाख १५ शनिबार

डोल्पाबाट उठ्लान त वामदेव ? राज्यमन्त्री बुढाले भने-'शीर्ष नेता पाउनु डोल्पालीको शौभाग्य'   

kharibot

राज्यमन्त्री धनबहादुर बुढा

डोल्पा ।संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपा नेता वामदेव गौतमलाई छोड्ने मनस्थित बनाएर जिल्लाबाट फर्किएका छन्। 

मतदाताको राय लिन भन्दै जिल्ला पुगेका राज्यमन्त्री बुढाले वरिष्ठ नेता वामदेव गौतमलाई भोट मागेर जिल्लाबाट बिदा भएका छन्। 

बर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित नेता गौतमलाई नेकपाले डोल्पाबाट उठाउने चर्चा केही महिनादेखि चलिरहेको बेला राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन् ।

बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाभित्र भएकोले मतदातासँगको परामर्शपछि बुढा काठमाडौं फर्किएका हुन्। 

जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।उनले भने, 'मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछु।' 

राज्यमन्त्री बुढाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गर्दै उपनिर्वाचनमा वामदेवलाई भोट हाल्न पनि मतदातालाई अनुरोध गरेका छन् । 

उनले भने 'वामदेव एक उच्च पदस्थ नेता हुन्, हामीले सम्मान गर्नुपर्छ, मैले राजीनामा दिएँ भने मन्त्री र राष्ट्रियसभाको सर्त राखेको छु, तपाईँहरुको मतको कदर गर्छौं ।'

डोल्पाबाट भारी मतले विजयी राज्य मन्त्री बुढालाई राजीनामा दिन लगाएर उपनिर्वाचन गराई वामदेवलाई जिताउने निर्णय केन्द्रले किन गर्न लागेको भन्दै मतदाताले बुढालाई प्रश्न सोधेका थिए। तर यस बारेमा भने राज्मंत्री बुढाले केहि बताएनन्।  

बुढाले जिल्लाका त्रिपूरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकास्थित जुफालमा मतदातासँग छलफल गरेका थिए।  सो छलफलमा अधिकांशले केन्द्रको निर्णय के हो ? भन्दै प्रश्न गरेका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै