• २०८१ बैशाख २० बिहीबार

साताको सेयरबजार : कारोबार रकम ३१ प्रतिशतले घट्यो

kharibot

साताको प्रमुख सूचकांकहरु

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८० कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ११ हजार सात सय ८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा ३१ दशमलव ८१ प्रतिशत कम हो ।

गत साता एक सय ८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार छ सय २० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव ९७ अंकले बढेर अन्तिम दिन ११ सय ८१ दशमलव ६९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३७ अंकले बढेर दुई सय ४९ दशमलव ७९ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम सात करोड ३९ लाख ६० हजार रुपैयाँको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या एक लाख ३२ हजार कित्ताको आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या पाँच सय ८८ वटाको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

सातामा सर्वाधिक रकमको कारोबार भएको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक (७३ लाख ९६ हजार), नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (४४ लाख ५८ हजार), एनएमबी बैंक (४० लाख ७५ हजार), एनआईसी एसिया बैंक (३३ लाख ३८ हजार) र एनएलजी इन्स्योरेन्स कम्पनी (२४ लाख ९५ हजार) पाँच कम्पनीभित्र अटाउन सकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै