• २०८१ बैशाख १४ शुक्रबार

पिएसजीको विजय यात्रा जारी, एम्बाप्पेले पाए रातो कार्ड

kharibot

काठमाडौँ।  फ्रेन्च लिग वानमा पिएसजीले आफ्नो विजय यात्रा कायम राखेको छ।  शनिबार भएको खेलमा पिएसजीले निमलाई ४-२ गोल अन्तरले पराजित गरेको छ। 

पिएसजीका लागि नेइमार, एन्जेल डि मारिया, किलियन एम्बाप्पे र एडिशन कभानीले गोल गरेका थिए। त्यस्तै निमका लागि एन्टोनिन बोबीचोन र तेजी सभानाइरले एक एक गोल गरेका थिए।  पिएसजीले लगातार ४ खेलमा १२  अंक बटुलेको छ। 

यस खेलमा खेलको अन्त्य तिर ९० मिनेटपछि पिएसजीका एम्बाप्पे र निमका तेजी सभानाइरसँग ट्याकल गरेपछि रेफ्रीले दुवैलाई रेडकार्ड दिएका थिए। यस खेलमा समेत गोल गरेका युवा खेलाडी एम्बाप्पेले यस सिजनमा ३ खेलम ४ गोल गरेका छन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै