• २०८१ बैशाख १८ मंगलबार

मार्सेलीमाथि पिएसजीको सहज जित

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मार्सेलीमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजी २-० ले विजयी भएको हो ।

पिएसजीको जितमा भितिन्हा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए ।

त्यसैगरी यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औं मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा २७ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको ब्रेस्टभन्दा पिएसजी १२ स्पष्ट अंकले अगाडी रहेको छ । त्यसैगरि मार्सेलीको २७ खेलमा ३९ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै