• २०८१ बैशाख १५ शनिबार

जाजरकोटको खलंगा शाखामा कृषि विकास बैंकको अनलाईन बैकिङ सेवा 

kharibot

जाजरकोट। कृषि विकास बैंकको जाजरकोट जिल्लाको खलंगा शाखामा अनलाईन बैकिङ्गको सेवाको शुभारम्भ भएको छ। 

अनलाईन बैकिङ्गको एवाको कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले सुरुवात गरेका छन्। 

सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न कार्यालय÷संघ संस्थाका प्रतिनिधिहरु, जिल्ला समन्वयसमितिका उपप्रमुख ज्ञानी प्रसाद शर्मा, असल ग्राहकको तर्फबाट लाल बहादुर नेपाली ,प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भिम बहादुर सिहं,जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष तेज विक्रम शाह, बारेकोट गाउंपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बैंकले उपलव्ध गराउने सेवाहरुले जाजरकोट बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  

कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टका बारेमा जानकारी गराउंदै , जाजरकोट जिल्लामा नयां खोलिने कार्यालयहरु क्रमशः जुनेचांदी गांउपालिका, बारेकोट गांउपालिका.र कुशे गांउपालिकामा स्थापना हुन गईरहेका कार्यालयहरुमा कर्मचारीहरु खटाई सकिएको जानकारी समेत गराएका थिए।  

स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले प्रकाश पारेका थिए। त्यस्तै गरी बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले समग्र बैंकको व्यवसाय, देशका यूवाशक्ति लगायत सबै वर्गलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने भनि प्रकाश परेका थिए। 

कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख श्री धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे भने कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक  रामचन्द्र आचार्यले बैंकले अबका दिनमा जाजरकोटबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा जानकारी गराएका थिए। 

कृषि विकास बैंक क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षता भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि बैंकिङ्ग कार्यालय जाजरकोटका प्रबन्धक महानन्द चौलागाईले गरेका थिए । 

सो उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका शा.अ. धर्मराज न्यौपाने,उपस्थिति रहेको सो कार्यक्रमको संचालन कृषि विकास बैंक लि.क्षेत्रिय कार्यालय नेपालगंजका शा.अ. खड्ग कुमार गिरीले गरेका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै