• २०८१ बैशाख १४ शुक्रबार

एप्पलले ल्याउँदै छ तीनवटा नयाँ आईफोनहरु, मूल्य र विशेषता यस्ता छन् 

kharibot

काठमाडौं / चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ आईफोनहरु सार्वजनिक गर्नलागेको छ । यही सेप्टेम्बर १२ तारिखमा मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा कम्पनीले आईफोनसहितका अन्य नयाँ उत्पादन सार्वजनिक गर्ने जनाएको छ । 

एप्पलले तीन किसिमका नयाँ आईफोनहरु सार्वजनिक गर्नेछ । जसमा आईफोन एक्सएस, एक्सएस प्लस र आईफोन रहेका छन् । यसमध्ये आईफोन एक्सएसलाई आईफोन एक्सको पछिल्लो संस्करण मानिएको छ । यसको सम्भावित मूल्य १ लाख ३२ हजार रुपैयाँजतिको अनुमान गरिएको छ । यो फोनमा ५.८ इन्चको ओलेड डिस्प्ले, एप्पलको नयाँ ए१२ बायोनिक प्रोसेसर तथा आईओएस १२ मोबाइल सफ्टवेयर अपडेट गरिएको छ । 

त्यस्तै अर्को एक्सएसप्लस भने अहिलेसम्मकै ठूलो आईफोन हुनेछ । यसको सम्भावित मूल्य करिब १ लाख ४६ हजार रुपैयाँजति पर्नेछ । यो फोनमा ६.५ इन्चको ओलेड स्क्रिन रहनेछ । गत वर्षको आईफोन ८ प्लसको जत्रै आकारको यो फोन रहेको छ । ८ प्लसमा भने ५.५ इन्चको डिस्प्ले रहेको थियो । 

अर्को करिब ८८ हजार रुपैयाँ पर्ने आईफोन पनि एप्पलले सार्वजनिक गर्दै छ । यसमा ६.१ इन्चको स्क्रिन हुनेछ भने यसमा सस्तो एलसीडी डिस्प्ले रहनुका साथै सातवटा भिन्न रंगहरुमा किन्न पाइनेछ । 

उक्त तीनै प्रकारका आईफोनमा एप्पलले ए१२ बायोनिक चिप प्रयोग गरेको छ । यसअघिको आईफोनमा ए११ प्रयोग गरेको थियो । त्यस्तै आईओएस१२ बाट राम्रो अपेक्षा गरिएको छ । यसले मोबाइल पहिलेभन्दा द्रुतगतिमा चल्नेछ । यस्तै ओलेड स्क्रिनले रंगहरुको फराकिलो डिस्प्ले देखाउनेछ । तीनमध्ये दुईवटामा ओलेड मोडेल रहेका छन् । जुन आगामी २१ तारिखबाट स्टोरहरुमा स्थान पाउनेछन् । 

तर एलसीडी आईफोन भने अक्टोबरसम्म बजारमा नपुग्नसक्ने पनि बताइएको छ । 

एप्पल वाच सिरिज ४ पनि 
त्यस्तै एप्पलले सोही दिन एप्पल वाच ४ पनि सार्वजनिक गर्नेछ । अहिलेको स्मार्टवाच अघिल्लो वर्ष सोही तारिखमा सार्वजनिक गरिएको थियो ।

पहिलेभन्दा अहिलेको घडीमा १५ प्रतिशत ठूलो स्क्रिन, ठूलो ब्याट्री, अफिसियल स्लिप ट्राकिंग एपप र ईकेजी टेक रहेको मिडियाहरुको अनुमान छ । एप्पलको स्मार्टवाचहरुमा दुईवटा आकार (३८एमएम र ४२एमएम), दुई किसिमका जीपीएस र जीपीएसप्लस सेलुलर राखिएको हुन्छ । 

एप्पलवाच र आईफोनबाहेक अन्य थुप्रै उत्पादनहरु न्यु म्याक बुक्स, एयरपोड पनि एप्पलले सार्वजनिक गर्नसक्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै