• २०८१ बैशाख १४ शुक्रबार

दीपिका पदुकोने अर्को हलिवुड फिल्ममा 

kharibot

मुम्बई।  बलिवुड अभिनेत्री दीपिका पदुकोनेले हलिवुडको अर्को फिल्ममा अभिनय गर्ने भएकी छन्।  यस अघि त्रिपल एक्स, रिटर्न अफ जांडर केगमा अभिनय गरेकी दीपिकाले त्रिपल एक्सको चौथो सिरिजमा पनि अभिनय गर्ने भएकी छन्। 

फिल्मका निर्देशक डिजे कारुसोले दीपीका त्रिपल एक्सको चौथो सिरिजमा हुने कन्फर्म गरेका छन्। यस फिल्ममा फिल्ममा हलिवुडका चर्चित अभिनेता भीन डिजेलसहित चाइनिज गायक रोय वाङ्गले पनि अभिनय गर्ने भएका छन्। निर्देशक कारुसोले फिल्ममा बलिवुड स्टायलको आइटम नम्बर पनि हुनसक्ने बताएका छन्।  उनले यस फिल्ममा दीपिकाको लुंगी डान्स जस्तो केहि नयाँ हुने बताएका छन्। 

यसै बर्षको सुरुमा बलिवुडमा दीपिकाको फिल्म पद्मावत रिलिज भएपछी दीपिकाले अहिले कुनै फिल्म साइन गरेकी  छैनन् भने उनले अभिनेता रनबीर सिंहसँग आगामी नोभेम्बरमा विवाह गर्ने रिपोर्ट आइरहेका छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै