• २०८१ बैशाख २० बिहीबार

भुटानविरुद्ध नेपाल १-० ले अगाडी, अनन्त तामाङले गरे गोल  

kharibot

काठमाडौँ। बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा नेपालले १-० को अग्रता लिएको छ।  नेपालका लागि अनन्त तामाङले पहिलो गोल गरेका छन्। तामाङले खेलको २१ मिनेटमा कर्नरबाट हानेको बललाई हेड गर्दै गोल गरेका हुन्।    

भुटानविरुद्धको यस खेलका लागि नेपालले तीन परिवर्तन गरेको छ ।

पाकिस्तानविरुद्धको खेलमा पहिलो एघारमा परेका कप्तान विराज महर्जन सहित तीन खेलाडीलाई प्रशिक्षक बालगोपाल महर्जनले बेन्चमा नै राखेका छन् । यसअघि पहिलो एघारमा परेका विराज महर्जनसँगै नवयुग श्रेष्ठ र भरत खवासलाई पनि प्रशिक्षकले बेन्चमा नै राखेका छन् ।

विराजको अनुपस्थितिमा नेपालको कप्तानीको जिम्मेवारी किरण कुमार लिम्बुलाई दिइएको छ । विराजको स्थानमा दिनेश राजवंशीलाई मौका दिइएकाे छ ।

यस्तै विशाल राई र सुनिल बललाई पनि पहिलो एघारमा राखिएको छ । नेपालको पहिलो एघारमा गोलकिपर किरण कुमार लिम्बु, डिफेन्डर अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डर विशाल राई, सुनिल बल, अञ्जन विष्ट, सुजल श्रेष्ठ तथा फरवार्डमा विमल घर्तिमगर रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै