काठमाडौँ । युनाइटेड वोर्ल्ड स्कुल्स नेपालले कलेजमा पढ्ने विद्यार्थीहरुका लागि नेतृत्व विकास, क्षमता अभिवृद्धि र ब्यवस्थापकिय सिपको अवसर दिने भएको छ।
युनाइटेड वल्ड स्कुल्स नेपालले स्नातक वा स्नाकोत्तर अध्ययन गरिरहेका युवाहरुलाई लक्षित गरि युनाइटेड वर्ल्ड स्कुल्स नेपाल टिचिङ फेलोसिप कलेज एम्बेसडरको घोषणा गरेको छ।
यस माध्यममार्फत विद्यार्थीले व्यवस्थापकिय सिप सिक्नुको साथै प्रभावकारी संचार, कुशल नेतृत्व विकास, फेलोसिप अवसर, सम्बन्ध विकास,शैक्षिक विषयमा अन्तक्रिया तथा सहभागीता जनाउन पाइने युनाईटेड वल्ड स्कुल्स नेपालले जनाएको छ । युनाईटेड वल्ड स्कुल्स नेपाललेले विद्यार्थीलाई पूर्णरुपमा योग्य बनाउने र अध्ययन सकिनासाथ् अवसरको ढोका पनि संगै खोल्न यस्तो कार्यक्रम ल्याएको जनाएको छ।
यस कार्यक्रमबाट युनाईटेड वल्ड स्कुल्स नेपालले सम्पुर्ण गतिविधिको नेतृत्व गर्ने अवसर प्राप्त हुने हुने उल्लेख गरेको छ।
यस कार्यक्रम बारे विस्तृत जानकारीका लागि युनाईटेड वल्ड स्कुल्स नेपालको वेभ साइट www.uwsnepal.org मा बुझ्न सकिने युनाइटेड वर्ल्ड स्कुल्सले जनाएको छ। साथै आवेदन फर्म यस लिंकबाट पाउन सकिन्छ। https://goo.gl/forms/GB1dcPcFtmKYpaQq1