• २०८१ बैशाख २० बिहीबार

प्रचण्ड र भारतीय गृहमन्त्री राजनाथबीच भेटवार्ता 

kharibot

काठमाडौँ। भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । 

आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएको प्रचण्डको सचिवालयले जनाएको छ । उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्री सिंहको ध्यानाकर्षण पनि गराएका थिए । भारतीय गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी त्यस्तो घटना हुन नदिने विश्वास दिलाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै