• २०८१ बैशाख १५ शनिबार

उत्तर कोरियाको भिन्न सैन्य परेड जहाँ देखिएन कुनै पनि मिसाइल र आणविक हतियार !

kharibot

तस्बिर : CNN

काठमाडौं । उत्तर कोरियाले ७०औँ स्थापना दिवसको अवसरमा राजधानी प्योंगयांगमा विशाल सैन्य प्रदर्शन गरेको छ । एजेन्सीहरुका अनुसार पहिले पहिले गरिनै सैन्य परेडभन्दा यसपटकको बिल्कुलै भिन्न रहेको थियो । 

आइतबार परेको ७०औँ स्थापना दिवसमा उत्तरले सैन्य परेड देखाए पनि पहिले पहिले देखिनेजसरी कुनै पनि क्षेप्यास्त्र र आणविक हतियार भने यसपटक नदेखिएको अमेरिकी तथा अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसपटक अन्तर्महाद्वीप आक्रमण गर्नसक्ने कुनै पनि क्षेप्यास्त्र उत्तरले नदेखाउनुलाई चासोसाथ हेरिएको छ ।

छिमेकी दक्षिण कोरिया तथा अमेरिकासँग नाटकीय रुपमा पछिल्लो समय भएको कूटनीतिक सम्बन्धविस्तारका कारण उसले सैन्य परेडमा भड्काउ प्रदर्शन नगरेको एजेन्सीहरुले उल्लेख गरेका छन् । बीबीसी, सीएनएन जस्ता समाचार संस्थाहरुले आइतबारको सैन्य परेडलाई लिएर उत्तरले के गर्ला भनी समाचार, विश्लेषणहरु प्रकाशित गरिरहेका थिए । खासगरी ट्रम्प र किम जोंग उनबीचको सम्बन्धलाई लिएर समेत पश्चिमा देशहरुले आशंका व्यक्त गरिरहेको समाचार आइरहेको सन्दर्भमा उत्तर कोरियाले सावधानीपूर्ण सैन्य परेड खेलेको हो । 

यतिखेर अमेरिका, उत्तर कोरिया र दक्षिण कोरियाबीच धिमा गतिमा भए पनि कूटनीतिक सम्बन्ध सुधारको गतिमा रहेको छ । यता ट्रम्पले पनि बेलाबखत किमको प्रशंसा गर्दै आएका छन् । 

सैन्य परेडको अवलोकन किम इल सुंग स्क्वायरमा पुगी किम जोंग उनले पनि अवलोकन गरेका थिए । उक्त समारोहमा चिनियाँ राष्ट्रपति सि जिनपिंगका विशेष दूत लि झांग्सु समेत सहभागी रहेका थिए । 

परेड नागरिक र सैन्य गरी दुई तहमा आयोजना गरिएको थियो । यो परेड जुनमा भएको अमेरिकी र उत्तर कोरियाली राष्ट्रपतिबीचको भेटपछिको पहिलो हो । किमले अहिले कूटनीतिक सम्बन्धलाई जोड दिएर देशको बिग्रिँदो आर्थिक अवस्था सुधार्न खोजिरहेका छन् । 

उक्त समारोहलाई किमले भने कुनै सम्बोधन नगरेको जनाइएको छ । यद्यपि उत्तरका सेरेमनियल हेड अफ स्टेट किम जोंग नामले सम्बोधन गर्दै आर्थिक विकासको लागि जुध्न आवश्यक रहेको र सैन्य शक्ति मजबुत भइराख्नुपर्नेमा जोड दिएको बताइएको छ । 

त्यस्तै शनिबार मात्रै किमले ट्रम्पका लागि पठाएको चिठी ह्वाइटहाउसले ग्रहण गरेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै