• २०८१ बैशाख १४ शुक्रबार

नाना पाटेकरले गर्दा बलिवुड छोडे - अभिनेत्री तनुश्री दत्ता 

kharibot

बलिवुड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले गर्दा आफुले बलिवुड छोडेको खुलासा गरेकी छन् । केहि बर्षदेखि अमेरिकामा रहेकी तनुश्रीले सन् २००८ मा हर्न ओके प्लिजको सुटिंगका क्रममा नाना पाटेकरले आफुलाई यौन दुर्व्याव्बहार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि तनुश्रीलाई बलिवुडमा फिल्म पाउन छोडिन र कुनै फिल्ममा देखा परिनन्। 

अहिले टेलिभिजन रियालिटी शो बिग बोसमा आफ्नो बहिनि इशितासँग आउने चर्चा सँगै उनले बलिवुड छोड्नाको कारण नाना पाटेकर भएको बताए फेरी चर्चामा आएकी छन्। सो घटना पछि नाना पाटेकरले तनुश्रीको आरोपको खण्डन गर्दै तनुश्री आफ्नी छोरीको उमेरकी भएको बताएका थिए। तनुश्रीको फेरी सो घटनालाई उठानले नाना पाटेकरलाई फेरी विवादमा ल्याउने देखिएको छ। 

सन् २००४ कि मिस इंडिया समेत रहेकी तनुश्रीले २००५ मा आशिक बनाया आपनेबाट बलिवुडमा कदम राखेकी थिइन्। सुपरहिट भएको सो फिल्मपछि उनले  चकलेट, रोक, अपार्टमेन्ट जस्ता एक दर्जन फिल्ममा अभिनय गरेकी छन्। 
रियालिटी शो बिग बोस्मा आएपछि तनुश्रीले नाना पाटेकरसँगको सो प्रसंगको अझ खुलासा गर्ने अनुमान गरिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै