• २०८१ बैशाख २० बिहीबार

मान्छेमा लाग्ने ६० भन्दा बढी रोगहरु पशुबाट सर्छन् !

kharibot

काठमाडौं  । मेरुदण्ड भएका पशु र मानवबीच प्राकृतिक रुपमा सर्न सक्ने रोगहरु र संक्रमणलाई जुनेटिक रोग भनिन्छ ।  पशुबाट मानवमा सर्ने रोगहरु नै जुनेटिक रोग हुन् ।  
मान्छेमा लाग्ने ६० भन्दा बढी रोगहरु पशुबाट नै सर्ने गरेको पुष्टि भएको छ ।  अहिले मानिसमा देखिएको रोगहरुमध्ये ७५ प्रतिशत रोग पशुबाट नै उत्पति भएको मानिन्छ ।  यस्ता रोगहरुले पशु उत्पादनमा आर्थिक क्षति गर्नुका साथै जनस्वास्थ्यमा पनि नराम्रो असर पारिरहेका हुन्छन् ।  

पशुमा लाग्ने सबै रोगहरु मान्छेमा नलाग्ने बताउदै पशुलाई मामान्य लाग्ने रोग पनि मान्छेमा सरे पछि भयानक हुने अवस्था छ । यस्ता किसिमको रोग धेरै किसानहरुलाई लाग्ने गरेको छ । सामाजिक आर्थिक अवस्था कमजोर भएका शिक्षा स्वाथ्यमा ध्यान दिन नसक्नेहरुमा यस्तो रोगको संक्रमण  बढी हुने गरेको  छ । 

जुनेटिक रोगका कारक तत्वहरु विषाणु, जीवाणु तथा तथा ढुसीबाट लाग्ने रोगहरु पर्दछन् ।  जसअन्तर्गत विषाणुजन्य जुनेटिक रोगमा बर्ड फ्लु, इबोला भाइरस, रेविज जस्ता संक्रामक रोगहरु पर्दछन् । त्यसैगरी जिवाणुजन्य जेनेटिक रोगहरुमा ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिस, क्षय रोग, धनुष्टंकार, साल्मेनेलोसिस जस्ता पर्दछन् । परजीविजन्य जुनेटिक रोगहरु सिष्टसर्कोसिस, इकाइनोकोको सिस, लुतो, टक्सोप्लाज्मोसिस,जियार्डिओसिस र ढुसीजन्य रोगमा हिप्टोप्लामोसिस, जस्ता संक्रामक रोगहरुले संक्रमण गर्न सक्छन् । 

खाद्य पदार्थबाट हाइडाटिसोडोसिस, सिष्टिसर्कोसिस, फुड पोइजनिङ  र सिधा सम्पर्कको माध्यमबाट पनि रेविज, ब्रुसेलोसिस, मौसमी फ्लु पर्दछन् भने अप्रत्यक्ष सम्पर्कबाट दुषित भेलबाढी पानीबाट हुने लेप्टोस्पाइरोसिस पर्दछन् र  रोगका संवाहक जीवहरुमा प्लेग, जापनिज इनसेफलाइटिस जस्ता माध्यमहरु बाट लाग्ने गर्छ ।  

नेपाली जनस्वास्थ्यमा देखा परेका प्रमुख रोगहरुमा टेनियसिस, हाइडाटिडोसिस, टक्म्सोप्लाज्मोसिस, बर्ड फ्लु,रेविज, जापनिज इनसिफालाइटिस, मौसमी फ्लु, क्षयरोग जस्ता रोगहरु देखिने गर्दछन् ।  

जुनेटिक रोगहरुबाट बच्नको लागि  जैविक सुरक्षाका सामान्य मापदण्ड अनुसार पशुपक्षी तथा पशुपक्षीको गोठ, फाम व्यवस्थि तगर्ने दुध , अण्डा, मासु राम्ररी उमालेर वा पकाएर खाने गर्नु पर्दछ । पशुपक्षीको काम गरीसके पछि व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै