• २०८१ बैशाख १५ शनिबार

विप्लवसहितका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान

kharibot

काठमाडौं। सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । 

वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औंपचारिक आग्रह गरेको हो । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले असन्तुष्ट एवम् द्वन्द्वरत सम्पूर्ण पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । उनले कुनै पनि असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यामबाट टुंगो लगाउन सरकारले वार्ता टोली नै गठन गरेको पनि स्पष्ट पारे ।

वार्ता टोलीले सिंहदरबार भित्रै कार्यालय स्थापना गरी आफ्नो कामलाई पनि सुरु गरेको छ । संयोजक पाण्डेयले गृह मन्त्रालयसँग समन्वय गरेर समितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिए । 

वार्ता टोललाई संक्रमणकालीन परिवेशमा भएका मधेश आन्दोलनलगायतका अन्य आन्दोलन र सरोकारवाला पक्षसँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता, समझदारीका विषयमा अध्ययन, विश्लेषण गरी कार्यान्वयनका गर्नका लागि आवश्यक सुझावहरु तय गर्ने कार्यादेश दिइएको छ ।

गएको भदौ ८ गते बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता पाण्डेयको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै