• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डो बिना पोर्चुगलद्वारा इटाली पराजित, सिल्भाले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ।  युइएफ़ए नेशनल लिगमा पोर्चुगलले इटालीलाई पराजित छ। गएराती भएको खेलमा आन्द्रे सिल्भाको एक गोलको मद्धतले पोर्चुगलले इटालीमाथि १-० को जित हासिल गरेको छ। 

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको पोर्चुगलले इटालीमाथि जित हासिल गरेर रोनाल्डोको अभाव महसुस हुन दिएन। सिल्भाले खेलको ४८औ मिनेटमा खेलको एक मात्र गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए। 

रोनाल्डो बिना यसअघि खेलेको क्रोसियासँगको मैत्रीपूर्ण खेलमा पनि पोर्चुगल बराबरीमा रोकिएको थियो। जितसँगै नेशनल लिगको समुह ए मा पोर्चुगलले आफ्नो नियन्त्रण बनाएको छ।  पोर्चुगल ३ अंकसहित शिर्ष स्थानमा छ भने पोल्याण्ड एक खेलमा एक अंक र इटाली २ खेलमा एक अंक सहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।  

नेशनल लिग अन्तर्गत पोर्चुगलले अब अर्को महिना पोल्याण्डसँग खेल्ने छ भने इटालीले युक्रेनसँग मैत्रीपूर्ण खेल खेल्ने छ।    

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै