मुक्तिनाथका ग्राहकहरुलाई गोदावरी भिलेज रिसोर्ट र होटेल ग्रिनवीच भिलेजमा विशेष छुट 

खरीबोट

काठमाडौँ।  मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १०% विशेष छुट दिने व्यवस्था भएको छ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक प्रबिन आचार्यले हस्ताक्षर गरेका छन् ।  

यो सुविधा लिन यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्ष सम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।


 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकद्वारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

काठमाडौं । मुक्तिनाथविकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बापरिसर सुधार गर्न पाँच लाख सहयोग गरेको छ

पहिलो तीन महिनामै मुक्तिनाथ विकास बैंकको २० करोड खुद मुनाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा उच्चरुपमा बढेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २० करोड तीन लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा लघु बैकिङ ग्राहक सदस्यको कर्जा मिनाहा तथा नगद फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कोषअन्तर्गत आफ्ना लघु बैंकिङ्ग ग्राहक सदस्यको मृत्यु भएकोले एक कार्यक्रम मार्फत कर्जा मिनाहा तथा नगद फिर्ता गरि राहत प्रदान गरेको छ ।  क्षेत्रीय कार्यालय

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई प्रिन्टर सहयोग 

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ ।  उक्त प्रिन्टर मुक्तिनाथ विकास


z