काठमाडौं । भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पको धक्का भारतको विहार, बंगलादेशको ढाका र नेपालको काठमाडौंमा पनि महसुस गरिएको छ ।
बंगलादेशको ढाकामा भने केही घरमा क्षती पुगेको छ ।
साथै भारतको हरियाणा र जम्मु कश्मिरमा समेतभुकम्प को झट्का महसुस गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। मुखामको झट्का पछि मानिसहरु सडकमा आएको भारतीय मिडिया एएनआईले उल्लेख गरेको छ।