महानगरका ३३७ ट्याक्सीलाई कारबाही

खरीबोट

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् ।

भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएको छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । “महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि विशेष अभियान सञ्चालन गरेका हौँ,” उनले भने, “यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाहीका लागि निरन्तर अभियान सञ्चालन गरिन्छ ।”

महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत रु तीन हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको पाइएको बताए । “सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांश ट्याक्सी चालकले ठगी गरेको पाइयो,” उनले भने ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालन हुन्छ ।

सम्बन्धित समाचार

भारतीय गाडीको प्रयोग बढ्दो, ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा । सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै

दर्ता नगरी चलाइएका इलेक्ट्रिक स्कुटरमाथि कारवाही हुने 

काठमाडौं । दर्ता नगरी चलाइएका विद्युतीय (इलेक्ट्रिक) स्कुटरमाथि ट्राफिक प्रहरीले कारवाही गर्ने भएको छ  । बिहीबार यातायात व्यवस्था विभागले दर्ता नगरी चल्ने इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई

प्रेसर हर्नको प्रयोगमा कडा निगरानी

सिरहा । यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ । ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा

दुई हेलमेट कार्यान्वयन तत्काल हुदैन – ट्राफिक प्रहरी महाशाखा 

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्काल लागु नहुने बताएको छ । आइतबार मात्रै ट्राफिक महाशाखाले यस्तो व्यवस्था लागु गरिन लागेको


z