तामाकोशी जलविद्युत् आयोजनामा दुई लाख दोलखावासीको आवेदन

खरीबोट

चरिकोट। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् । 

दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता शयेर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको तथ्याङ्क अनुसार तीन गुणा बढी आवेदन परेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । 

आयोजनाले गत साउन १६ गतेदेखि यही भदौ १४ गतेसम्म शेयर आवेदन खुल्ला गरेकोमा सो समय अपुग भएको भन्दै आयोजनाले एक साताका लागि अर्थात् गत साउन २१ गते सम्म समय थप गरिएको थियो । 

स्थानीयवासीका लागि रु एक अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेकोमा तीन गुण बढी आवेदन परेको आयोजनाले जनाएको छ । स्थानीयवासीले न्यूनतम ३० कित्तादेखि अधिकतम ३०० कित्तासम्म आवेदन दिएको पनि आयोजनाले जनाएको छ ।

दोलखाको गौरीशङ्कर गाँउपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भई सकेको पनि जनाइएको छ । 

सम्बन्धित समाचार

तामाकोशी जलविद्युत् आयोजनामा दुई लाख दोलखावासीको आवेदन

चरिकोट। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् ।  दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार

तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

चरिकोट ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।  दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर आइपिओ जारी गर्ने भएको छ ।  सरकारले राष्ट्रिय गौरवको आयोजनाका

तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ ।  आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई


z