नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

खरीबोट

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि आज अपराह्न बेइजिङ प्रस्थान गरेका छन् । 

भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उनका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिए  । 

भ्रमण दलमा १५ जनाको सहभागिता छ । उहाँ आगामी असोज ४ गते स्वदेश फर्किने छन् । 

सम्बन्धित समाचार

नेकपा बैठक : कार्यदलको म्याद थप्ने विषयमा विवाद 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकताका लागि गठित कार्यदलको समय थप्ने विषयमा विवाद भएको छ ।  पार्टी एकता अझैसम्म टुंगोमा पुर्या्उन नसकिएकाले कार्यदलको समय एक

नेकपाका शीर्ष नेता धनगढीमा

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढीमा आएका छन् । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष दाहाल, वरिष्ठ

नेकपाको कार्यदलको समय थप्न थप छलफल गरिने 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा कार्यदलले

जनयुद्ध दिवस मनाउने बारे मलाई थाहा छैन – माधव नेपाल  

जनकपुरधाम  । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मनाउने बारे कुनै जानकारी नभएको बताएका छन् ।  नेकपाले आफ्नो मुख्यालयमा र देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा नेता नेपालले


z