• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानमाथि नेपाली अन्डर १९ टिम बिजयी

kharibot

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९ टिमले आज अफगानिस्तानको अन्डर १९ टिमलाई २५ रनले पराजित गरेको छ। 

नेपालले दिएको १९० रनको लक्ष्य पछायाएको अफगानिस्तानको युवा टोली ४७.४ ओभरमा १६४ रन बनाएर अल आउट भएपछि नेपाल २५ रनले विजयी भएको छ।  नेपाललाई जित दिलाउने क्रममा बलर सागर ढकालले ४ विकेट लिए भने कमलसिंह ऐरी र रशिद खानले २-२ विकेट लिए।  त्यस्तै पवन सराफले एक विकेट लिएका थिए भने एक विकेट सन्दीप जोराले रनआउट गराएका थिए।  

अफगानिस्तानका लागि इजाज अहमद मेहरनले सर्वाधिक ५७ रन बनाए भने रियाज हसनले ३८ र अब्दुल रहमान रहमानीले ३७ रन बनाएका थिए ;
   
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.३ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । 

नेपालका लागि पवन सराफले सर्वाधिक ७८ रन नट आउट बनाएका थिए । पवनले ९६ बल खेल्दै १० चौका र एक छक्काको मद्धतले ७८ रन बनाए। नेपालका लागि सन्दीप जोराले २८, रशिद खानले २४, लोकेस बमले १६ तथा भिम सार्कीले १३ रन बनाए। 

अफगानिस्तानका बलर नविद मोहमद कबिरले ३ विकेट लिए भने अबिद मोहमदी र  अरिफ खानले २-२ विकेट लिए। 
  
भारतीय क्रिकेट बोर्ड (बिसीसीआई ) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल अन्डर-१९, भारत, अन्डर-१९, अफगानिस्तान अन्डर-१९ र भारत अन्डर-१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज तेस्रो खेलमा अफगानिस्तान अन्डर-१९ लाई पराजित गर्दै पहिलो जित हासिल गरेको हो। 
 
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले गत बुधबार भारत अन्डर-१९ (बि) सँग ४० रनको हार बेहोरेको थियो भने शुक्रबार भारत अन्डर-१९ ए टिमसँग ८ विकेटले पराजित भएको थियो।  त्यस्तै अफगानिस्तान अन्डर-१९ टिम पनि भारतको अन्डर १९९ ए र बि दुवै टिमसँग पराजित भएका थिए।  

अफगानिस्तानको अन्डर १९ टिमविरुद्ध खेल्ने नेपाली प्लेइङ एघारमा मोहमद आरिफ शेख (कप्तान), लोकेस बम, ट्रिटराज दास, पवन सराफ, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, अरुण ऐरी,सन्दीप जोरा, सागर ढकाल र किशोर महतो खेलेका थिए ।

यस प्रतियोगितामा अब उपाधिका लागि सेप्टेम्बर १८ मा भारतीय अन्डर १९  ए र बि टिम २-२ खेल जितेर फाइनलमा खेल्ने छन् भने नेपाल र अफगानिस्तान आज नेपालले जिते पनि अब तेस्रो र चौथो स्थानका लागि सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै