• २०८१ बैशाख १४ शुक्रबार

रीतको उत्कृष्ट ब्याटिंगसँगै भारतीय बि टिमलाई २११ रनको लक्ष्य

kharibot

फाइल तस्बीर

काठमाडौँ । भारत टुरमा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले आज भारतीय अन्डर १९ बि टिमसँग खेलिरहेको छ ।

पहिला ब्याटिंग गरेको नेपाली युवा टिमले भारतको अन्डर १९ बि टिमलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले ४९.५ ओभरमा अल आउट हुदै २०१ रन बनाएको हो । 

नेपाली कप्तान रीत गौतमले ८४ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका छन् । रीतले ९३ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ८४ रन बनाएर आउट भएका थिए ।

त्यस्तै अर्का ब्याट्सम्यान शीर मल्लले ३३ रनको महत्वपूर्ण पारी खेलेका थिए भने हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाएका थिए ।

नेपालका शिर्षक्रमका अन्य ब्याट्सम्यान भने असफल भएका थिए । नेपाली खेलाडी लोकेस बमले ५, तृतराज दासले २, बिशाल बिक्रम केसीले ३ र अभिषेक बस्नेत शुन्यमा आउट भएका थिए ।

भारतीय बलर दिव्यानंश जोशीले सर्वाधिक ३ विकेट लिए भने विनोद अन्कोलेकरले २ विकेट लिएका थिए ।

नेपालले यस अघि भारतको अन्डर १९ सी र ए टिमसँग हार बेहोरी सकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै