• २०८१ बैशाख १६ आइतबार

'गुलाव जामुन' मा अभिषेक र ऐश्वर्या  

kharibot

मुम्बई । बलिवुडका रियल लाइफ कपल अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फेरी एक पटक पर्दामा सँगै आउने भएका छन्। पछिल्लो पटक 'रावण' फिल्ममा सन् २०१० मा सँगै देखिएको यो जोडी अनुराग कश्यपको फिल्म गुलाव जामुनमा अभिनय गर्ने भएका छन्। 

त्यसअघि फिल्म गुरु र सरकार राजमा काम गरेका अभिषेक र ऐश्वर्यालाई सँगै हेर्ने नका फ्यानहरुको इच्छा पुरा हुने भएको हो। यो फिल्म आगामी बर्ष जुन-जुलाई देखि फ्लोरमा जाने डिएनएले उल्लेख गरेको छ। अभिषेकले अब मनमर्जियापछि अर्को फिल्म सुटिंग गर्दै छन् भने उनी आफ्नो कबड्डी टिमका लागि व्यस्त हुने छन्। त्यस्तै ऐश्वर्या कान्स फिल्म फेस्टिभलमा व्यस्त हुने छिन्। 

अभिषेक बच्चनको फिल्म मनमर्जिया अहिले प्रदर्शन भइरहेको छ भने ऐश्वर्याको फिल्म फ़न्ने खान अघिल्लो महिना प्रदर्शनमा आएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै