• २०८१ बैशाख १४ शुक्रबार

गान्धीको दर्शनले यस शताब्दीका सबै समस्याको समधान हुन्छन्- प्रदीप गिरी

kharibot

काठमाडौँ।  नेपाली काँग्रेसका नेता तथा सांसद प्रदीप गिरीले प्रतिनिधिसभामा बोल्दै गान्धीको दर्शनले यस शताब्दीका सबै समस्याको समधान हुने बताएका छन् । 

प्रतिनिधि सभाको विशेष समयमा समय लिएर बोल्दै सांसद गिरीले २१औ शताब्दीको सबै समस्याको समाधान गान्धीको दर्शनमा रहेको बताएका छन्। गान्धीको सतबार्षिकी मनाइरहेको भन्दै सत्यका धेरै अनुहार हुन्छन् भन्ने गान्धीको विश्वास रहेको बताए। 

सरकारका विरुद्ध षड्यन्त्र भएको खण्डमा काँग्रेसको साथ रहने भन्दै पार्टीले साथ नदिएपनि काँग्रेसका केहि यस्ता नेताहरु छन् जसले सत्यलाई साथ बताए। अहिले मधेशवादी पार्टीले किन संबिधानको विरोध अहिले पनि गरेको उल्लेख गर्दै नेता गिरीले निर्मला हत्या प्रकरणको वास्तविकता सरकारले बाहिर ल्याउन नसकेको आरोप लगाए । 

भारतको तामिलनाडू राज्यका नेता अन्ना दुराईले भारतको संबिधानको बहिष्कार गरेको प्रसंग उल्लेख गर्दै नेता गिरीले दुराईले सोहि संबिधानबाट चुनाव लडे पनि १० बर्षमा संसदमा प्रस्ताव राखेर संबिधानले आफुहरुलाई स्वतन्त्रता दिएको बताउदै संबिधानलाई स्वीकार गरेको प्रसंग हेर्न पढ्न नेता गिरीले आग्रह गरे । अहिले संबिधानका विषयमा मदेशी दलले उताउलो कुरा गरिरहदा संबिधानलाई तीन बर्षसम्म पनि सर्वस्वीकार्य नहुनु विडम्बनापूर्ण भएको ।    

नेता तथा विश्लेषक गिरीले गान्धीले पनि कानुनको पालना र व्यक्तिको स्वतन्त्रतालाई जहिले पनि महत्व दिएको प्रसंग उल्लेख गर्दै भारतमा पनि  सुरुमा संबिधानको विरोध भएको र पछि संबिधानलाई स्वीकार गरेको प्रसंग उल्लेख गरेका थिए। 

गान्धीले मर्नु भन्दा अगाडी भनेको 'कुनै पनि निर्णय गर्दासमाजका उत्पीडित व्यक्तिको जीवनमा के असर पर्छ त्यो हेर्नु'  प्रसंग उल्लेख गर्दै अहिले एक पिडित निर्मलाको हत्याको प्रकरणको उठाउनु काँग्रेसको कुनै नभएको बताए। निर्मला हत्या प्रकरण प्रधानमन्त्रीले यस्तो अवस्थामा पुर्याएको आरोप लगाए। 

माओले जनताबाट सिक भनेको कुरा गान्धीको जीवनमा चरितार्थ भएको उल्लेख गर्दै गिरीले गान्धीले कसैले तिम्रो आखा फूटाल्यो भने जवाफमा उसको आँखा फोर्दा संसार अध्यारो हुने बताएको प्रसंग भन्दै विरोधीका प्रति समझदारी र सहानुभूति राख्न सरकारलाई सल्लाह दिए। तर यस कथनले निर्मला पन्तका  गरिरहेका माता पिताको चित्त बुझ्न सक्छ ? भन्दै प्रश्न गरेका थिए। 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै