• २०८१ बैशाख १४ शुक्रबार

विषाक्त मदिरा सेवनबाट मलेशियामा चार नेपालीको मृत्यु, ११ को उपचार हुदै 

kharibot

काठमाडौँ। वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपालीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको छ । 

मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए । 

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको बताइएको छ । 

सो घटनामा कुल ५१ जना विषाक्त मदिरा सेवनबाट बिरामी भएको जस मध्ये ४८ जना विदेशी र ३ जना मलेसिया कै रहेको मलेसियाका स्थानीय मिडियाले उल्लेख गरेका छन्।  ४८ जना नेपाल, भारत र बंगलादेशका रहेको बताइएको छ।  जसमध्ये १५ जना नेपाली रहेको र ४ जनाको मृत्यु भएको बताइएको छ। 

यस घटनामा अहिलेसम्म ४ नेपालीसहित १९ जनाको निधन भएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै