• २०८१ बैशाख १४ शुक्रबार

मलेसियामा विषाक्त रक्सीबाट ज्यान गुमाउनेहरुको पहिचान, प्रक्रिया पुर्याएर नेपाल ल्याउने तयारी (अपडेट)

kharibot

मलेसिया। मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीहरुको पहिचान भएको छ। 

पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ । 

मलेसियाको समय अनुसार सोमबार बेलुकी पाँच बजेदेखि बुधबार बिहान ९ बजेसम्म ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । १६ जना नेपाली बिरामी भएका छन् । 

ज्यान गुमाउनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका दूतावासले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै