• २०८१ बैशाख १८ मंगलबार

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

kharibot

काठमाडौँ । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै