काठमाडौं । संघीयता कार्यान्वयनका क्रममा गठन भएका सात वटा प्रदेश मध्ये प्रदेश नम्बर दुईमा बैंकहरुको पहुंच सबैभन्दा बढी देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर दुईमा एक सय ३६ वटा स्थानीय तह रहेकोमा एक सय २२ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।
वित्तीय पहुंचको दृष्टिकोणले प्रदेश नम्बर एक भने दोस्रो स्थानमा रहेको छ । उक्त प्रदेशमा एक सय ३७ वटा स्थानीय तह रहेकोमा एक सय १२ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।
वित्तीय पहुंचका दृष्टिकोणले प्रदेश नम्बर तीन भने तेस्रो स्थानमा परेको छ । उक्त प्रदेशमा एक सय १९ वटा स्थानीय तह रहेकोमा एक सय सात वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।
वित्तीय पहुंचका दृष्टिकोणका प्रदेश नम्बर पाँच भने चाँैथो स्थानमा परेको छ । प्रदेश नम्बर पाँचमा एक सय नौ वटा स्थानीय तह रहेकोमा ९९ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्बर चार भने वित्तीय पहुंचका दृष्टिकोणले पाँचौं स्थानमा परेको छ ।
उक्त प्रदेशमा ८५ वटा स्थानीय तह रहेकेोमा ७४ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्बर सात भने भने वित्तीय पहुंचको दृष्टिकोणले छैठौं स्थानमा परेको छ ।
उक्त प्रदेशमा ८८ वटा स्थानीय तह रहेकोमा ६३ वटा तहमा बैंकहरुको शाखा पुगेको छ । वित्तीय पहुंचको दृष्टिकोणले प्रदेश नम्बर छ भने सबैभन्दा कमजोर देखिएको छ । उक्त प्रदेशमा ७९ वटा स्थानीय तह रहेकोमा ५४ वटा तहमा मात्र बैंकहरुको शाखा पुगेको छ ।
कुन प्रदेशमा कति बैंकका शाखा ?
प्रदेश
|
स्थानीय तह
|
बैंकहरु पुगेको स्थानीय तह
|
प्रदेश नम्बर १ | १३७ | ११२ |
प्रदेश नम्बर २ | १३६ | १२२ |
प्रदेश नम्बर ३ | ११९ | १०७ |
प्रदेश नम्बर ४ | ८५ | ७४ |
प्रदेश नम्बर ५ | १०९ | ९९ |
प्रदेश नम्बर ६ | ७९ | ५४ |
प्रदेश नम्बर ७ | ८८ | ६३ |
कुल | ७५३ | ६३१ |
स्रोत : | नेपाल राष्ट्र बैंक |