• २०८१ बैशाख १६ आइतबार

छ सय ३१ वटा स्थानीय तहमा बैंकहरुको उपस्थिति

kharibot

काठमाडौं । संघीयता कार्यान्वयनका क्रममा गठन भएका सात वटा प्रदेश मध्ये प्रदेश नम्बर दुईमा बैंकहरुको पहुंच सबैभन्दा बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर दुईमा एक सय ३६ वटा स्थानीय तह रहेकोमा एक सय २२ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । 

वित्तीय पहुंचको दृष्टिकोणले प्रदेश नम्बर एक भने दोस्रो स्थानमा रहेको छ । उक्त प्रदेशमा एक सय ३७ वटा स्थानीय तह रहेकोमा एक सय १२ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।

वित्तीय पहुंचका दृष्टिकोणले प्रदेश नम्बर तीन भने तेस्रो स्थानमा परेको छ । उक्त प्रदेशमा एक सय १९ वटा स्थानीय तह रहेकोमा एक सय सात वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । 

वित्तीय पहुंचका दृष्टिकोणका प्रदेश नम्बर पाँच भने चाँैथो स्थानमा परेको छ । प्रदेश नम्बर पाँचमा एक सय नौ वटा स्थानीय तह रहेकोमा ९९ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्बर चार भने वित्तीय पहुंचका दृष्टिकोणले पाँचौं स्थानमा परेको छ ।

उक्त प्रदेशमा ८५ वटा स्थानीय तह रहेकेोमा ७४ वटा स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश नम्बर सात भने भने वित्तीय पहुंचको दृष्टिकोणले छैठौं स्थानमा परेको छ । 

उक्त प्रदेशमा ८८ वटा स्थानीय तह रहेकोमा ६३ वटा तहमा बैंकहरुको शाखा पुगेको छ । वित्तीय पहुंचको दृष्टिकोणले प्रदेश नम्बर छ भने सबैभन्दा कमजोर देखिएको छ । उक्त प्रदेशमा ७९ वटा स्थानीय तह रहेकोमा ५४ वटा तहमा मात्र बैंकहरुको शाखा पुगेको छ । 

कुन प्रदेशमा कति बैंकका शाखा ? 

प्रदेश

स्थानीय तह

बैंकहरु पुगेको स्थानीय तह

प्रदेश नम्बर १ १३७ ११२
प्रदेश नम्बर २ १३६ १२२
प्रदेश नम्बर ३ ११९ १०७
प्रदेश नम्बर ४ ८५ ७४
प्रदेश नम्बर ५ १०९ ९९
प्रदेश नम्बर ६ ७९ ५४
प्रदेश नम्बर ७ ८८ ६३
कुल ७५३ ६३१
  स्रोत : नेपाल राष्ट्र बैंक

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै