• २०८१ बैशाख १६ आइतबार

स्मार्ट टेलिकमले संविधान दिवस यसरी मनायो 

kharibot

काठमाडौं। संघीय गणतन्त्रात्मक नेपालको नयाँ संविधानले तीनवर्षको गौरवमय सफलता प्राप्त गरिसकेको छ ।

वि.सं. २०७२ सालमा नेपालीहरुद्वारा नेपालीहरुका लागि लेखिएको नयाँ संविधानले आम नेपालीहरुका भावना एवं मर्महरुलाई आत्मसाथ गर्दै आएको छ । नयाँ संविधान जारीसँगै सात दशकपछि नेपाली जनताहरु ऐतिहासिक अग्रगमनको प्रत्यक्षदर्शी बन्न पाएका छन् ।

यसै सिलसिलामा तेस्रो संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले आफ्ना काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस २०७५ का पोष्टरहरुद्वारा सुसज्जितगरिएको थियो । साथै सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन तथा राष्ट्रिय गान गाई संविधान दिवस मनाइएको थियो । 

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको छ । 

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । 

स्मार्ट टेलिकल प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजी  सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै