• २०८१ बैशाख १४ शुक्रबार

संसदीय समितिका सभापति निर्बिरोध निर्वाचित, १० मध्ये ६ समितिमा महिला सभापति 

kharibot

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा कृष्णभक्त पोखरेलको उम्मेदवारी परेको छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती र सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाहको उम्मेदवारी परेको छ । 

सभापतिमा उम्मेदवारी दिनेमध्ये आठ जना नेकपाका सांसद हुन् भने श्रीवास्तव सङ्घीय समाजवादी फोरम र शाह नेपाली काँग्रेसका हुन्। 

सभापति पदमा उम्मेदवारी दिनका लागि आज बिहान ११ देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । दश वटै विषयगत समितिका सभापति शुक्रबार बिहान ११ बस्ने तत् समितिको बैठकले निर्वाचित भएको घोषणा गर्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै