• २०८१ बैशाख १४ शुक्रबार

खुर्शिद अन्सारीको हत्याको छानबिन समिति गठनपछि परिवारले शव बुझे  

kharibot

काठमाडौं। सरकारले सुनसरीका मुस्लिमअगुवा मौलाना खुर्शिद अन्सारीको हत्याका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

सरकारले गठन गरेको छानबिन समितिको नेतृत्व प्रदेश नम्बर १ का एएसपी किशोर दाहालले गर्ने बह्येका छन्। पाँच सदस्यीय छानबिन समितिले १५ दिनभित्र हत्याको विस्तृत विवरण बुझाउने छ । समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, उप–अनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश एकका आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र सुनसरी जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत राजन पाण्डे सदस्य रहेका छन् ।

२४ घण्टा बित्दा पनि आलमको हत्यारा पत्ता नलागेको भन्दै सुनसरीका मुस्लिम अगुवाले विरोध जनाएका छन् । सुनसरीको भुटाहा गाउँपालिका ३ का खुर्सिद आलमको बिहीबारे गोली हानी हत्या भएको थियो ।

शुक्रबार दिउँसो स्थानीयवासी, राजनीतिक दल र मुस्लिम अगुवाहरुबीच भएको सहमति पछि आलमको शव परिवारले बुझेका छन् । पीडित पक्षलाई गृहमन्त्रीसँग भेटघाटको अवसर दिने, उच्चस्तरीय छानबिन समिति बनाउने र क्षतिपूर्ति र शहीद घोषणा गर्न पहल गर्ने सहमति भएसँगै उनीहरुले शव परिवारले बुझेका हुन् । शव बुझसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै