पाकिस्तानका शहीद र रक्षकहरूलाई श्रद्धांजलि अर्पण गर्न नेपालमा स्थित पाकिस्तानी राजदूतावासले २१ सेप्टेम्बर २०१८ मा रक्षा दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम होटेल हायातमा आयोजना गरिएको थियो । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित थिए । उक्त कार्यक्रममा राजनीतिक व्यक्तित्वहरू, नेपाली सेनाका अधिकारीहरू र मिडियाका कर्मचारीलगायत वरिष्ठ व्यक्तिहहरूको उपस्थिति थियो ।