• २०८१ जेठ १ मंगलबार

प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी

kharibot

गाईघाट। जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । 

सर्वोच्च अदालतबाट प्रकाण्डलाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । सर्वोच्चको आदेशानुसार प्रकाण्ईलाई राजधानी लाने तयारी गरिएको पनि उनले बताए । 

एक हप्ता अगाडि काठमाडौँबाट प्रकाण्डलाई उदयपुर ल्याइएको थियो  । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै