• २०८१ बैशाख १६ आइतबार

अमेरिका-चीनबीच तनाव बढ्ने संकेत, अमेरिकी राजदुतलाई बेजिङमा सोधपुछ 

kharibot

बेइजिङ, चीन। चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । 

रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई बोलाई आपत्ति जनाएको चिनियाँ राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ । 

चीनका उप–विदेशमन्त्री झेङ झेगुवाङले अमेरिकी राजदूत टेरी ब्रान्टाडलाई बोलाई सैनिक संगठनविरुद्ध प्रतिबन्धबारे शान्त एवम् औपचारिकरूपमा चीनका कुरा अमेरिकी प्रतिनिधिसँग राखेको ‘पिपुल्स डेली’को अनलाइन प्रकाशनमा उल्लेख छ । 

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै